क्लारा जेटकिन - श्रमिक महिलाहरू



Source: Mahila Dhoni, Baishakh 2063. p. 68-69, 72., original source Berliner Tagwacht, 3 April 1915.
Translation: Shobha
Fair Use: Nothing in this license is intended to reduce, limit, or restrict any rights arising from fair use, first sale or other limitations on the exclusive rights of the copyright owner under copyright law or other applicable laws.





तपाईंहरूका श्रीमानहरू खै ?

तपाईंहरूका छोराहरू खै ?

विगत आठ महिनादेखि उनीहरू युद्धमोर्चामा छन् । उनीहरू आफ्नो जागिर र घरबाट खेदिएका छन् । किशोरहरू, आफ्ना बुबा आमाका भरोसा तथा आशाका केन्द्रहरू, अधिवैंसे मानिसहरू, कपाल पाकेकाहरूम् परिवारको पालनपोशण गर्नेहरू, ती सबै सैनिक बर्दी पहिरेर सुरुङहरूमा नीरस जीवन बिताइरहेका छन् र कडा परिश्रमद्धारा निर्मित हरेक वस्तुलाई ध्वंश गर्ने आदेश पालन गर्न विवश छन् ।

लाखौं लाख मानिसहरू, आम चिहानमा निदाइरहेका छन्, सयौंम् हजारौंमानिसहरू सैनिक अस्पतालमा हात खुट्टा भाँचिएर या शरीर अङ्ग्भङ्ग् भएर, अन्धा भएर, क्षतविक्षत मव्तिष्क तथा महामारीबाट आक्रान्त या श्क्तिहीन अवस्थामा लडिरहेका छन् ।

आगो लागि डढेका गाउँ तथा शहरहरू, भत्केका पुलहरू, उजाडिएका वनजंगल तथा बरबाद भएका खेतहरू तिनीहरूको कामको निशानी हुन् ।

सर्वहारा महिलाहरू हो ! कसैले तपाईंलाई भनेको होला कि तपाईंका श्रीमान् तथा छोराहरू आफ्ना कमजोर श्रीमती र बच्चाहरूको रक्षा गर्न र घरपरिवारको पहरेदारी गर्न लडाईँमा गएका हुन् भनेर ।

तर वास्तविकता के हो त ?

अहिले दूर्वल महिलाहरूको काँधले दुई गुणा बोझ खेप्नु परेको छ । संरक्षणको गुञ्जाइस नभएकातपाईंहरू दुःखमय कठीन जीवन भेगिरहनु भएकोछ । तपाईंका बच्चाहरू भोकभोकै जाडोले कठ्याङ्ग्रिएका छन् । तपाईंहरूको टाउको ओत्ने छानालाई भत्काइदिने धम्की डिइएको छ । तपाईंहरूको चुलो चीसो र खली छ ।

कसैले तपाईंलाई भाइभतिजा तथा उच-नीचबीच भाइचारा, धनी र गरिबबीचको संघर्षको अन्त्य हुनेबारे भनेका होलन् । ठीक छ । संघर्षको अन्त्य भन्नुको अर्थ त उद्य्मीले तपाईंहरूको ज्याला घटाएको, व्यापारी तथा अविवेकी सट्टेवाजले मूल्य बढाएको तथा जमिन्दारले तपाईंलाई बेदखल गर्ने धम्की दिएकोलाई पो बुझाउने रहेछ । राज्यले तपाईंलाई कङ्गाली बनाउँछ भने बुर्जुवा कल्याण अधिकारीहरूले तपाईंलाई असाध्यै थोरै खोले (soup) को भाग लगाएर कञ्जुस बन्न जोड दिन्छन् ।

तपाईंलाई यस्तो भयंकर युद्धको पीडा भोगाउने युद्धको उद्देश्य के हो त ? तपाईंलाई भनेका होलान्-पितृभूमिको भलाइ र रक्शाको लागि हो भनेर । पितृभूमिको रक्शा केलाई भनिन्छ ?

यसले युद्धद्धारा मारिएका, लङ्गडा, बेरोजगार, माग्ने तथा टुहुरा बनाइएका दशौं लाखको भलाइ भन्ने बुझाउँदैन र ? पितृभूमिको भलाइमा कसले खतरा पुर्याउँछ ? सीमा पारी खडा भएका बर्दीधारी मानिसहरू जसले तपाईंका आफ्ना मानिसहरूले चाहेजस्तो युद्ध कत्ति चोहेका थिएनन्, जसलाई थाहा छैन किन आफैले आफ्ना दाजुभाइहरूको हत्या गर्नु परेको छ ? अहँ, होइन । विशाल जनसमुदायले भोग्नु परेको कठिनाइबाट फाइदा उठाउन खोज्नेहरू तथा दमनमाथि आफ्नो प्रभुत्व कायम गर्न खोज्नेहरूबाट पितृभूमिलाई खतरा पुगेको छ ।

यो युद्धबाट कसले फाइदा उठाउँछ ?

हरेक देशका केवल सानो अल्पसंख्यकले ।

राइफल र तोपहरू, कवचहरू, पनडुब्बी, युद्धपोत उत्पादन गर्नेहरू, जहाज कम्पनीका मालिकहरू एवं सैनिक आवश्यकता सामग्री आपुर्ति गर्ने ढुवानीकर्ताहरूले फाइदा उठाउँछन् । उनीहरूलाई फाइदा पुर्याउने स्वार्थमा जनताबीच आपसमा यसरी युद्ध भड्काउने घृणास्पद काम हुँदैछ । यो युद्ध केवल पुँजीपतिहरूका लागि मात्र फाइदाजनक छ । जसले ती वस्तुहरूको उत्पादन गर्र्यो तिनैले त्यसलाई उपभोग गर्न नपाएपछि ती केही नभएको बुङ्गा तथा शोषित समुदायको श्रमको संग्रह होइन र ? ती वस्तु किन्न उनीहरू अत्यन्तै गरिब छन् । श्रमिकको पसिनाले यी वस्तुहरूको निर्माण गर्र्यो तथा तिनै श्रमिकको रगतले यी वस्तुको लागि नयोँ विदेशी बजार निर्माण गर्नुपर्ने थियो । पुँजीपतिहरूले जहाँ प्राकृतिक सम्पदाहरू लुट्न तथा अत्यन्तै सस्तो श्रमशक्टिको शोषण गर्न चाहन्छन् त्यहाँ उपनिवेशहरू जितेको नौटंकी गरिन्छ ।

पितृभूमिको सुरक्शा होइन कि बरू यिनै कुराहरूको बृद्धि गर्नु युद्धको उद्देश्य हो । पुँजीवादी व्यवस्था यही चाहन्छ र मानिसले मानिसको शोषण र उत्पीडन नगरी त्यो व्यवस्था टिक्नै सक्दैन् ।

यो युद्धबाट मजदुरहरूलाई कुनै फाइदा छैन, बरू उनीहरूले आफ्नो सर्वश्व तथा सबैभन्दा प्यारो वस्तु समेत गुमाउनु पर्न अवस्थामा आइपुगेका छन् ।

श्रमिकका श्रीमतीहरू, महिला मजदुरहरू हो ! द्वन्द्वरत देशका पुरुषहरूको मुखमा ताल्चा लगाइएको च । युद्धले तिनको बुद्धि भुटिदिएको छ । तिनको इच्छालाई स्तम्भित तुल्याइएको छ र तिनको अन्तरहृदयलाई कुरुप् पारिएको छ ।

तर तपाईं महिलाहरूले मोर्चामा रहेका आफ्ना प्रियजनहरूको चिन्ताले ग्रस्त हुँदाहुँदै अझ ठगिनु र कष्ट् समेत सहनु परेको छ भने आफ्नो शान्तिको चाहना तथा युद्ध विरोधी भावना व्यक्त गर्न के पर्खिरहनु भएको छ ?

तपाईंहरू के कुरामा हिच्किचाइरहनु भएको छ ?

अहिलेसम्म त तपाईंहरू आफ्ना प्रियजनहरूका लागि धैर्य बन्नु भयो । अब भने अपाईंहरूले आफ्ना पति र छोराहरूको लागि केही गर्नैपर्छ ।

हत्या अति नै भो !

यो भनाइ धेरैको मुखबाट् निस्किएको छ, लाखौं लाख महिलाहरूले यो कुरा उठाएका छन् । ती सुरुङ्गहरूमा यो प्रतिध्वनित भाइरहेको छ जहाँ जनताका छोराहरूको विवेक यो हत्या विरुद्ध उत्तेजित भएको छ ।

जनताका महिला श्रमिकहरू ! यी कठिन दिनहरूमा, जर्मनी, बेलायत, फ्रान्स तथा रुस्का समाजवादी महिलाहरू एकत्रित भएका छन् । तपाईंका कठिनाइ र पीडाहरूबाट तिनको हृदय विचलित भएको छ । उनीहरूले तपाईंहरूलाई आफ्नै र आफ्ना प्रियजनहरूको लागि शान्तिको काम गर्न अनुरोध गरिरहनु भएको छ । जसरी उनिहरूको सोंच लडाइंका मैदानहरू नघ्दै आपसमा मिलेको छ, त्यसरी नै सबै देशबाट तपाईंहरू पनि शान्ति ! शान्ति ! को आवाज उठाउन एकत्रित हुनुपर्छ ।

विश्वयुद्धले तपाईंहरूबाट असाध्यै ठूलो बलिदानको माग गरेको छ । तपाईंले दुःखकष्ट सहेर हुर्काउनु भएका छोराहरू, कठीन संघर्षहरूमा तपाईंलाई साथ दिएका श्रीमान्हरू तपाईंहरूबाट खोसिएका छन् । यि बलिदानको तुलनामा अन्य सबै बलिदानहरू तुच्छ र निरर्थक देखिन्छ ।

सम्पूर्ण मानव जातिले तपाईं द्वन्द्वरत देशका सर्वहारा महिलाहरूतिर आशाको नजरले हेरिरहेका चन् । तपाईंहरूलाई वीराङ्गना र मुक्तिदाता बन्ने सौभाग्य प्राप्त भएको छ ।

एउटै इच्छा, एउटै कर्ममा जुट्नुहोस् ।

तपाईंहरूका श्रीमान् र चोराहरूले अहिलेसम्म भन्न नसकेका कुरालाई लाखौंलाख स्वरहरूमा एकैचोटि भन्नु होस् ।

सबै देशका श्रमिक जनताहरू भाइभाइ हुन् ।

ऐक्यबद्ध जनताको शक्तिले मात्र हत्यालाई रोक्न सक्छ !

समाजवादले मात्र मानव जातिको भावी शान्ति सुनिश्चित गराउन सक्छ । हुनेखाने वर्गको धन तथा शक्तिको लागि जनमहायज्ञ (Hecatomb) को बलि चढाउने पुँजीवाद – मूर्दावाद !

युद्ध मूर्दावाद ! समाजवादतर्फ अघि बढैं !